kumari
stcnepal

सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न भोलि सोमबार पाकिस्तान जाने

काठमाडौँ । नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् । सन्दीप एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने जानकारी उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दिए ।

सन्दीपको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा पेसी तोकिएको थियो । तर, आइतबार सुनुवाइ हुन सकेन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको थियो । उनको मुद्दाको अर्को पेशी भदौ २१ गते तोकिएकाले उनी प्रतियोगिता खेल्न पाकिस्तान जाने निश्चित भएको हो । एसिया कपको उद्घाटन खेल भदौ १३ गते नेपाल र पाकिस्तान बीच हुँदै छ । उक्त खेल पाकिस्तानको मुल्तानमा हुनेछ ।

त्यसको चार दिनपछि नेपालले भारत सँग दोस्रो खेल खेल्नेछ । मुद्दाको पेशी भदौ २१ गते तोकिएकाले त्यस अगावै सन्दीप काठमाडौँ फर्कने जानकारी पनि कानुन व्यवसायी घिमिरेले दिए । ‘सन्दीप सोमबार एसिया कप खेल्न पाकिस्तान जानेछन्,’ उनले भने ।

footer