kumari
stcnepal

एसिया कप : नेपाललाई चौथो सफलता

काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तान विरुद्धको खेलमा ४ विकेट लिएको छ ।

लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तानका पाँचौं ब्याटर अगाह सलमानलाई ५ रनमा नै सर्ट थर्डमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका हुन् । हाल पाकिस्तान २८ ओभरको समाप्तीमा १२५ मा ४ विकेट गुमाउँदै खेलिरहेको छ ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिए भने पाकिस्तानका दुई खेलाडी रनआउट भए । हाल क्रिजमा कप्तान बाबर आजम र इफ्तिकार अहमद खेल्दैछन् । कप्तान बाबर आजम ७१ बलमा ४ चौकाको साथमा ४९ रनमा खेलिरहेका छन् ।

footer