kumari
stcnepal

पारस खडकालाई एमाले अध्यक्ष ओलीको बधाई

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छन् । खड्का शुक्रबार भएको निर्वाचनमा अर्का प्रतिस्पर्धी उमेश पियालाई पछि पार्दै बागमतीको अध्यक्षमा निर्वाचित भएका हुन् ।

खड्का प्रदेश अध्यक्षमा निर्वाचित भएको सुनेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले खड्कासँग कहिलेकाहीँ कुरा हुँदा क्रिकेट खेलको सफलताका लागि त्यसको व्यवस्थापन र प्रशासनिक पक्षको सुधारबारे छलफल हुने गरेको समेत स्मरण गरेका छन् । ओलीले पारसको तस्बिर र क्रिकेट संघ बागमतीको लोगो आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै भनेका छन्, ‘आज मैले सुने उहाँ बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ पहिला क्रिकेट मैदानको क्याप्टेन, अब क्रिकेट प्रशासनको क्याप्टेन । बधाई छ क्याप्टेन पारस ।’

footer