kumari
stcnepal

एसिया कप क्रिक्रेट : चीर प्रतिदन्द्धी भारत र पाकिस्तान बीच आज खेल हुँदै

एसिया कप क्रिकटमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्ता नबीच प्रतिस्पर्धा हुँदैछ । दुई देश बीचको खेल नेपाली समयानुसार सवा ३ बजे श्रीलंकामा शुरू हुनेछ ।

एउटै समूहमा रहेका उनीहरू पहिलो पटक भिड्दै छन् । दुई टिम चार सालपछि आमने-सामने हुन लागेका हुन् । यसअघि दुवै टिमले सन् २०१९ को विश्वकप क्रिकेट खेलेका थिए । उनीहरू दुवै उपाधि दाबेदार पनि हुन् । राजनीतिक सम्बन्ध दुस्मनीपूर्ण भएका छिमेकी देश भारत र पाकिस्तानको क्रिकेट भिडन्त सधैं प्रतिक्षित हुने गर्छ ।

भारतले पाकिस्तान भ्रमण नगर्ने अडान लिएपछि एसिया कपको आयोजना नै लामो समयसम्म अनिश्चित बनेको थियो । अन्ततः भारतका म्याचहरू श्रीलंकामा राख्ने सहमतिमा प्रतियोगिता अघि बढेको हो । एसिया कपको अहिले सम्मको रेकर्डमा भारत र पाकिस्तान १३ पटक आमनेसामने भएका छन् । त्यसमा भारतले सात वटा र पाकिस्तानले ५ वटा म्याचमा जीत हासिल गरेका छन् ।

 

footer