kumari
stcnepal

आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोट : नेपालले कतार विरुद्ध पहिले बलिङ गर्दै

काठमाडौं । मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले आज कतार सँग खेल्दैछ । युकेएम-वाईएसडी क्रिकेट ओभल बांगीमा हुने खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।

समूह ‘ए’ मा लगातार तीन खेल जितेर अपराजित रहेको नेपालले आज कतारलाई हराएमा अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ । नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरेको थियो । समूह ‘ए’ मा कतारले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन । यसअघि खेलेका तीनवटै खेलमा कतार पराजित भएको थियो ।

नेपालले समूहको अन्तिम खेल युएईसँग बुधबार खेल्नेछ । सन् २०२४ मा हुने वुमन्स विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । समूह ‘ए’ मा ६ र समूह ‘बी’ मा ५ टिम छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् र फाइनल पुग्ने दुई टोली मात्र ग्लोबल क्वालिफायर्समा छनोट हुनेछन् । नेपालको लक्ष्य पनि फाइनल पुग्दै ग्लोबल क्वालिफायरमा छनोट हुने रहेको छ ।

footer