kumari
stcnepal

एसिया कप : आज नेपाल र भारत बीचको खेल हुदै

काठमाडौं । एसिया कप समूह ए को अन्तिम खेलमा नेपालले आज भारत सँग खेल्दै छ । खेल आज दिउँसो सवा ३ बजे श्रीलङ्काको क्याण्डीमा हुनेछ ।समूह ए बाट पाकिस्तान ३ अंक सहित सुपर फोरमा पुगिसकेको छ । यता भारतले १ अंक जोडेको छ  भने पाकिस्तान सँग पराजित भएको नेपाल अंक विहीन छ ।

शनिवार भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । शनिवारको खेलमा अंक बाडेका कारण भारतलाई नेपाल विरुद्धको खेल जित्ने दबाब बढेको हो ।

सोमबार नेपालसँगको खेलमा पराजित भएमा भारतको एसिया कप यात्रा समाप्त हुनेछ । सो खेल शनिवारको जस्तै रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउने छ । यस्तै भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले नेपालसॅंगको खेल गुमाउने भएका छन् । उनी आफ्नो व्यक्तिगत कारण भारत फर्किएको बताइएको छ । उनको स्थानमा मोहम्मद सामीले मौका पाउने सम्भावना छ ।

footer