kumari
stcnepal

३८ रन बनाएर आउट भए ओपनर ब्याट्सम्यान कुशल

काठमाडौँ । एसिया कप क्रिकेटको भारत विरुद्दकाे खेलमा सोमबार नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशललाई गुमाएको हो । उनी ३८ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । उनले एकदिवसीय खेलमा एक हजार रन पनि पुरा गरेका छन्

उनको विकेट भारतीय बलर सार्दुल ठाकुरले लिएका हुन् । उनी सार्दुलको बलमा इशान किशनद्वारा आउट भए । नेपालले ९.५ ओभरमा एक विकेट गुमाएर ६५ रन बनाएको छ । नेपालले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको हो । नेपाल र भारत बीचको खेल श्रीलंकाको केन्डी स्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

footer