kumari
stcnepal

एसीया कप : आसिफ शेखले बनाए ऐतिहासिक अर्धशतक

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्, आसिफ शेख । उनले सोमबार भारत विरुद्घको खेलमा अर्धसतक बनाएका हुन् । उनले ८८ बलमा अर्धशतक पूरा गरेका हुन् ।

टेस्ट मान्यता प्राप्त राष्ट्रको सिनियर टोली विरुद्घ अर्धसतक प्रहार गर्ने पनि उनी पहिलो नेपाली खेलाडी बनेका छन् । आशिफले एकदिवसीय क्रिकेटमा एक हजार दुई सय रन पनि पुरा गरेका छन् । २२ वर्षीय आशिफले ४३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै हालसम्म एक हजार दुई सय ४२ रन बनाएका छन् । उनी अझै क्रिजमा छन् ।

एकदिवसीय क्रिकेटमा आसिफले एक शतक र १० वटा अर्धशतक प्रहार गरका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १० रन हो । उनले सन् २०२१ को सेप्टेम्बर ७ तारिखमा पपुवा न्युगिनी विरुद्घ पहिलो एकदिवसीय प्रतियोगिता खेलेका थिए ।

footer