kumari
stcnepal

नेपाली क्रिकेट टिमलाई एमाले अध्यक्ष ओलीले दिए सान्त्वना

काठमाडौं, १९ भदौ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक एसिया कप खेलेको नेपाली क्रिकेट टिमलाई सान्त्वना दिएका छन् ।

हिजो सोमबार भारत सँग पराजित भएको नेपाली टिमलाई अध्यक्ष ओलीले सान्त्वना दिएका हुन् । मंगलबार बिहान फेसबुकमा लेख्दै अध्यक्ष ओलीले भनेका छन्, ‘बधाई हामी सबैलाई !! हिजो भारतसँगको खेल भावनात्मक रूपमा हामीले जितेका हौं । प्राविधिक रूपमा हाम्रो जित प्रमाणित हुन सकेन । हाम्रा खेलाडी ट्रफी नभए पनि आत्मविश्वास लिएर फर्किने छन् । ’

भारतसँग पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको थियो । वर्षाको कारण डिएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य दिइएको थियो । भारतले विना क्षति २०.१ ओभरमा लक्ष्य पूरा गर्‍यो । यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

footer