kumari
stcnepal

एसीया कप खेलेर स्वदेश फर्किएको क्रिकेट टोलीलाई बाजागाजा सहित भव्य स्वागत

काठमाडौं । एसिया कप खेलेर फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको छ ।

एसिया कप खेलेर स्वदेश फर्केको टोलीलाई आज विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुकाे स्वागत गर्न पुगेका समर्थकहरुले विमानस्थलमा समर्थन गर्दै नाराबाजी लगाएका थिए ।

टोलीले पाकिस्तान र श्रीलंकामा दुई खेल खेलेको थियो । पाकिस्तानमा भएको पहिलो खेलमा नेपाली टोली गत बिहीबार पाकिस्तान सँग २३८ रनले पराजित भएको थियो । त्यसलगतै भारतसँग खेल खेल्न श्रीलंका पुगेको टोली १० विकेटले पराजित भएको थियो । भारत सँगको खेलमा पानीले खेल बिथोलेको थियो । भारतसँग पराजित भएपछि नेपाल एसियाकपबाट बाहिरिएको थियो ।

नेपाल बाहिरिएपछि टोली आज स्वदेश फर्किएको हो । भारतसँग म्याच हारेपनि उत्कृष्ट व्याटिङ गरेको नेपाली टोलीको प्रंशसा भइरहेको छ ।

footer