kumari
stcnepal

नेपाल थाईल्याण्ड सँग पराजित, ग्लोबल क्वालिफायरमा पुग्न असफल

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कमजोर ब्याटिङ गरेपछि नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । यस हारपछि नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य समेत पूरा हुन सकेन ।

थाइल्याण्डले दिएको १०६ रन लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमै अलआउट भयो । नेपालका लागि कविता कुँवर अविजित रहँदै सर्वाधिक १७ रन बनाइन् भने कविता जोशी र अप्सरी बेगमले समान १० रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाललाई अलआउट गर्न थाइल्याण्डकी ताईपत्छा पुतावोङ र ओनिचा काम्चोन्फुले ३-३ विकेट लिइन् । नातया बुताथमले २ विकेट लिइन् । त्यसअघि बांगी स्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको थियाे ।

footer