kumari
stcnepal

बाँकेमा रोकिराखेको ट्रकमा बस ठोकिदा ७ जनाको निधन, ३० जना घाइते

बुटवल । बाँकेको शमशेरगन्ज स्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा निधन हुनेको सङ्ख्या ७  पुगेको छ । दुर्घटनामा १५ जना सख्त घाइते भएका छन् ।

कोहलपुरका डीएसपी सुन्दर तिवारीले बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा बसमा सवार पाँच जनाको निधन भएको बताए । उनका अनुसार दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकको निधन भएको हो । सहचालकको नाम खुलेको छैन ।

बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू बस रिजर्भ गरेर दाङको थारु सङ्ग्रहालय भ्रमण गरी फर्किने क्रममा दुर्घटनामा भएको बताइएको छ । राप्ति सोनारी गाउँपालिका-८ को जंगल क्षेत्रमा राति सवा ९ बजेतिर घटनाको भएको प्रहरीले जनाएको छ। घाइतेहरूको नेपालगन्ज उपचार भइरहेको छ ।बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

footer