kumari
stcnepal

एसिया कप सुपर फोर अन्तर्गत हिजो रोकिएको भारत र पाकिस्तान खेलले आज निरन्तरता पाउने

काठमाडौं । एसिया कप सुपर फोरअन्तर्गत भारत र पाकिस्तान बीचको खेल आज पनि हुने भएको छ । आइतबार वर्षाका कारण रिजर्भ डे मा गएको खेल आज स्थानीय समय अनुसार साढे २ बजे सुरु हुनेछ । आज हिजो रोकिएकै स्थितिबाट खेलले निरन्तरता पाउने भएको हो । श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको भारतलाई कप्तान रोहित शर्मा र शुभ्मन गिलले उत्कृष्ट सुरुवात दिलाएका थिए ।

यी दुईले पहिलो विकेटका १६ दशमलब चार ओभरमा १ सय २१ रनको साझेदारी गरेका थिए। पहिलो पावर प्लेमा पाकिस्तानी बलर विकेट विहीन रहे । साहिन साह अफ्रिदीले पहिलो ओभरमा सुरुवातका पाँच बल डट फालेका थिए। तर अन्तिम बलमा रोहितले छक्का प्रहार गरे । यो भन्दा अघिसम्म साहिनलाई अन्तराष्ट्रिय क्रिकेटमा पहिलो ओभरमा कुनैपनि ब्याटरले छक्का हिर्काएका थिएनन्। महँगा सावित भएका साहिनले आफ्नो सुरुवाती तीन ओभरमा ३१ रन खर्चिएका थिए ।

१८ औं ओभरमा सदाव खानले रोहतिलाई आउट गर्दै साझेदारी तोडे। रोहितले ४९ बलमा ५६ रन बनाए। उनी एसिया कपमा पाकिस्तानविरुद्ध सर्वाधिक ६ अर्धशतक बनाउने खेलाडी पनि बनेका छन्। ओडीआई करियरमा उनको यो ५० औं अर्धशतक हो। ५८ रनमा गिल अफ्रिदीको बलमा मैदान बाहिरिए। भारत २४ ओभर एक बलमा दुई विकेट गुमाएर १ सय ४७ रनको स्थितिमा रहँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि खेल सुरु हुन सकेन र रिभर्ड डे मा हुने निश्चित भयो।

आज ८ रनमा खेलिरहेका विराट कोहली ८ र १७ रन बनाएका के एल राहुलले इनिङस अघि बढाउनेछन्। जारी एसिया कपमा भारत र पाकिस्तान दोस्रो पटक आमने सामने भएका हुन्। समूह चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो।

footer