kumari
stcnepal

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सर्राफ अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबारमा पनि जोडिए

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सर्राफ अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबारमा पनि जोडिएका छन् । प्रहरीले चिनियाँ नागरिकको समूहले हङकङबाट तस्करी गरेर ल्याएको सुन खरिद गरेको देखिएपछि उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको थियो । ब्यूरोले उनलाई पक्राउ गरेर गरेको मोबाइल लगायतका सामग्रीको जाँचपछि उनले क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको खुलेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

ब्यूरोले भारतमा पक्राउ गरेर टोखाका सुमन खरेललाई काठमाडौं ल्याएको थियो । उनी सुन ओसारपसारमा संलग्न व्यक्ति रहेको प्रहरीको दाबी थियो । खरेल मार्फत सुन प्रकरणमा सर्राफको संलग्नता खुलेको थियो । खरेलको चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग सम्बन्ध देखिएको थियो । उनले एलेक्स र हिरासतमा रहेका दावा छिरिङसँग मिलेर सुन भारतसम्म पु¥याउने काम गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

सर्राफ विरुद्ध सुन तस्करी सँगै क्रिप्टोकारोबारको कसुरमा पनि मुद्दा चलाउने कि भन्नेबारे छलफल भइरहेको एक अधिकृतले बताए । यो सुन प्रकरणको भुक्तानी समेत क्रिप्टो र हुण्डी मार्फत हुने गरेको खुलेको थियो । पुचिङ हङकङबाट नेपालमा आउने सुनको व्यवस्थापनमा सक्रिय थिए । राजधानीको विभिन्न ठाउँमा खोलिएको सुन गाल्ने गोदाममा तयार गरिएको ढिक्का खरेलले बोकेर भारत लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।

footer