kumari
stcnepal

वीरगन्ज स्थित बाल सुधार गृहमा दुई पक्ष बीच झडप

काठमाडौँ । वीरगन्ज स्थित बाल सुधार गृहमा झडप भएको छ । मंगलबार बेलुका दुई पक्ष बीच झडप हुँदा ३ प्रहरी र ११ जना कैदी बन्दी घाइते भएका छन् ।बुधबार बिहान स्थिति सामान्य भए पनि प्रहरीहरूको सुरक्षा सतर्कता कडा बनाएको पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिए ।

उक्त बालसुधार गृहमा भक्तपुरबाट लगेका सहित १४९ जना कैदी बन्दी रहेका छन् । केही समयअघि भक्तपुर बाल सुधार गृहमा झडप भएपछि केही कैदी बन्दी वीरगन्ज लगिएको थियो । भक्तपुरबाट गएका कैदी बन्दी र पहिला देखि वीरगन्जमै रहेका केदीबन्दी बीच पटक पटक झडप र विवाद हुने गरेको बुझिएको छ ।

भक्तपुरबाट गएका कैदीहरूले त्यहाँका नाइके माथि आक्रमण गर्नुका साथै बाल सुधार गृहमा समेत तोडफोड र प्रहरी माथि पनि ढुंगामुढा प्रहार गरेको बताइएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

footer