kumari
stcnepal

डिपिएल : प्लेअफ समीकण पुरा

विराटनगर किंग्स र सिवाईसी अत्तरियाबीचको खेलसँगै तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपिएल०को प्लेअफ समीकरण पुरा भएको छ । लिग चरणको १ खेल बाँकी छँदा काठमाडौं गोल्डेन्स, सिवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडले प्लेअफमा स्थान बनाएका छन् ।  

सोमबारको अन्तिम खेमला अत्तरियाले विराटनगरलाई पराजित गरेसँगै महेन्द्रनगरको भाग्य खुलेको हो । प्रतियोगितामा एक खेलमात्र जितेको महेन्द्रनगर विरानटरलाई रनरेटमा पछि पार्दै चौथो टोलीकामा रुपमा प्लेअफमा पुग्यो । अत्तरियाविरुद्ध विराटनगर विजयी भएको भए विरानटर नै प्लेअफमा पुग्ने थियो ।  

लिगको अझै एक खेल खेल्न बाँकी रहेका काठमाडौं र अत्तरिया प्लेअफको क्वालिफायरमा पुगेका छन् भने रुपन्देही र महेन्द्रनगरले एलिमिनेटर खेल्ने छन् । भोलि हुने अत्तरिया र काठमाडौंबीचको खेलले पहिलो र दोस्रो हुने टोलीको छिनोफानो गर्ने छ ।  

अत्तरिया १० रनले विजयी

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय मैदानमा सोमबार भएको दोस्रो खेलमा सिवाईसी अत्तरियाले विराटनगर किंग्सलाई १० रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको अत्तरियाले उत्कृष्ट ब्याटिङ गर्दै केवल ३ विकेट गुमाउँदै १४८ रन बनायो । यो तेस्रो संस्करणको डिपिएलको सर्वाधिक रन हो । यसअघि काठमाडौंले बनाएको १३३ रन सर्वाधिक रन थियो ।  

विराटनगरका लागि अभिनास यादव र किशोर महतोको अन्तिम दुई ओभर घातक सावित भयो । १८औं ओभरमा अभिनासको बलमा सन्नी पटेलले १५ रन बनाएका थिए भने किशोरको अन्तिम ओभरमा सन्नीले ३ चौका र २ छक्का प्रहार गर्दै २४ रन बनाएका थिए ।  

अन्तिम दुई ओभमार सम्हालिएर बलिङ गर्न नसक्दा विरानगर प्लेफमा पुग्न असफल भयो । अन्तिम दुई ओभरमा अत्तरियाका सन्नी पटेलले ३९ रन बनाएको थियो । १४९ रनको विशाल लक्ष्य पछ्याएको विरानटरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो र १० रनले पराजित हुँदै प्लेअफमा पुग्न बञ्चित भयो ।  

विराटनगरका लागि आसिफ सेखले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै पृथु बास्कोटाले २७, अभिनास यादवले १४, असाद पठानले १३ तथा कप्तान करण केसीले १२ रन बनाए । अत्तरियाका लागि भुवन कार्की र दीपेन्द्र रावतले समान ३–३ विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो ।  

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अत्तरियाले जयकिशन कोल्सावाला र सन्नी पटेलले अर्धशतक बनाए पछि ३ विकेटको क्षतिमा १४८ रन बनायो । कोल्सावाला र पटेलले चौथो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । जसमा ६१ रन पटेलले बनाए । अत्तिरियाका लागि सर्वाधिक रन बनाएका पटेलले ३० बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।  

यस्तै कोल्सावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाए । जितेन्द्र ठकुरीले १२, कप्तान दीपेन्द्रसिंह ऐरीले १० रन बनाए भने सन्दीप जोरा ३ रनमा आउट भए । विराटनगरका संसद सेख र सुशन भारीले १–१ विकेट लिए ।

सबैखेल डटकमबाट

footer