kumari
stcnepal

तिनकुने हत्या प्रकरण : थप एक जना पक्राउ

काठमाडौं । काठमाडौंका तिनकुने स्थित गैरीगाउँमा चार जनाको सामूहिक हत्या गरिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा आज अर्का एक व्यक्तिलाई पक्राउ गरेको हो । यसअघि हिजो घटनाको जानकारी दिन ट्याक्सी चढेर प्रहरी चौकी पुगेका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

तर घटनास्थल वरपरका सीसीटीभी फुटेजमा रातिको समय घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य कैद भएको पाइएपछि उनलाई पक्राउ गरिएको हो । तर, पक्राउ परेका ती ब्यक्तिको परिचय भने प्रहरीले खुलाएको छैन् । शुक्रबार राति दोलखा घर भई काष्ठ मिलमा गार्ड काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी ५० वर्षीया श्रीमती अम्बिका भुजेल, कुमारकी ७६ वर्षीया आमा शुभद्रा भुजेल, र मोरङ बेलबारी घर भई उक्त मिलमा बस्दै आएका अन्दाजी २५ वर्षीया नविन राईको हत्या भएको थियाे ।

footer