kumari
stcnepal

यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित

काठमाडौँ । यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ खेलिएको खेलमा पाकिस्तानले नेपाललाई १—० गोलले हराएको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफमा पाकिस्तानले गोल गरेको थियो । पाकिस्तानका लागि अली जाफरले ७६औं मिनेटमा निर्णायक गोल गरेका थिए । जीतसँगै पाकिस्तानले पहिलो खेलबाटै तीन अंक बटुलेको छ ।  साफमा च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको । समूह ‘बी’ मा तेस्रो टोलीको रुपमा भुटान रहेको छ ।

समूह ‘ए’ मा भने आयोजक नेपाल, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर २५ तारिखमा माल्दिभ्स सँग खेल्नेछ । प्रत्येक समूहबाट दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

footer