kumari
stcnepal

भारतले रच्यो इतिहास, किक्रेटको तिन वटै फर्म्याटमा बन्यो पहिलो

नयाँ दिल्ली । सन् २०२३ को विश्वकपअघि भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टिम बनेको छ । मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय क्रिकेट टोलीले यो स्थान हासिल गरेको हो ।

यो सँगै भारतीय टोलीले नयाँ इतिहास रचेको छ । अब भारतीय टोलीले क्रिकेटका तीनवटै फर्म्याट, टेस्ट, ओडीआई र टी–२० मा एकैसाथ नम्बर १ को वरियतामा कब्जा जमाएको छ । यो पहिलो पटक हो जब भारतले क्रिकेटका तीनवटै फर्म्याटमा एकै पटक नम्बर १ टिम बन्ने गौरव प्राप्त गरेको हो । यो स्थान हासिल गर्ने भारतीय टोली विश्वको दोस्रो टोली हो। यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिकी क्रिकेट टोलीले पनि यस्तै उपलब्धि हासिल गरेको थियो।

 

footer