kumari
stcnepal

भारतमा विनोद चौधरीको कम्पनीमा भारतीय आयकरले मार्यो छापा

काठमाडौं । नेपालका उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रालिमा भारतीय आयकर विभागले छापा मारेको छ ।

विभागले नेपाली कांग्रेसका सांसद समेत रहेका चौधरीले भारतको जयपुरमा सञ्चालन गरेका चौधरी ग्रुप (सीजी)का तीन कम्पनीमा छापा मारेको हो । विभागले दौसा र सिकरमा पनि छापा मारेको भारतीय सञ्चारमाध्यम जी न्यूजले जनाएको छ ।

आयकर विभागलाई प्राप्त सूचनाका आधारमा चौधरीको कम्पनीमा छापा मारिएको जनाइएको छ । वाइवाइ नुडल्सको नाममा उनले गरेको व्यापारमा कर छलेको आशंका रहेको छ । विभागले छापा मार्दा महत्त्वपूर्ण कागजातहरू पनि बरामद गरेको जनाइएको छ ।

footer