kumari
stcnepal

दोलखामा आज थप ३ किलो सुन सहित एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले दोलखा बाट थप ३ केजी सुन सहित एक् जनालाई पक्राउ गरेको छ । चीनबाट तस्करी गरेर ल्याउँदै गरेको उक्त परिमाणमको सुन सहित आज बिहान दोलखाको जामुनेबाट केशव तामाङलाई पक्राउ गरिएको हो ।

बुधबार मात्र दोलखाको सिंगटीबाट ४ किलो सुनसहित एक महिला र चार ४ पुरुष गरी पाँच जनालाई दोलखा प्रहरीले पक्राउ गरेको थियो । उनीहरु माथि प्रहरीले संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । आज बरामद सुन पनि चीनको बोर्डर बाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने अनुमान सीआईबीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

तस्करीले पछिल्लोपटक रुट फेरेर उत्तरी नाकाबाट स्थल मार्ग हुँदै सुन तस्करी गरेको पाइएसँगै नियन्त्रणका लागि सुरक्षा निकाय सक्रिय भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत पुष १० मा विद्युतीय चुरोट (भेप)मा राखेर ९ केजी र साउन २ मा स्कुटरको ब्रेकशुमा राखेर ६० केजी सुन तस्करी भएको घटनामाथि प्रहरीले व्यापक अपरेशन सुरु गरेर ७ चिनियाँसहित दर्जनौंलाई पक्राउपश्चात मुद्दा चलाएपछि रुट परिवर्तन गरेको ठानिएको छ । पछिल्लो चरणमा चीनसँग जोडिएको विभिन्न नाका खुलाउँदै लगेसँगै तस्करी पनि मौलाएको पाइएको छ ।

footer