kumari
stcnepal

८ बर्षिय बालक होस्टलमा नै झुण्डिएको अबस्थामा भेटिए

सुर्खेत । सुर्खेतमा ८ वर्षिय बालक झुण्डिएको अवस्थामा फेला परेको छ । वीरेन्द्रनगरमा रहेको उषा बालवाटिका विद्यालयको होस्टलमा बस्दै आएका ८ वर्षीया बालक झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका सलाम पुलामी शुक्रबार होस्टेलमै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार बेलुका पुलामी बेडमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनी कक्षा २ मा पढ्थे।

घटना शंकास्पद भएको भन्दै आफन्तहरू आन्दोलित बनेका छन्। आफन्तले होस्टेल बाहिर तोडफोड समेत गरेका छन्। आफन्त आक्रोशित बनेपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ। घटना भएको आसपास क्षेत्र तनावग्रस्त बनेको छ। प्रहरीले सञ्चालक पक्षलाई नियन्त्रणमा लिएको छ। आफन्तहरुले होस्टेल भित्र शंकास्पद रुपमा बालकको मृत्यु भएपछि आवश्यक अनुसन्धान गरी दोषीलाई कारर्वाही नभएसम्म शव उठाउन नदिने बताएका छन् ।

footer