kumari
stcnepal

नेपाल प्रहरीको पेट्रोल पम्प घोटला काण्डमा असई कार्की दोषी ठहर

काठमाडौं । नेपाल प्रहरीद्वारा सञ्चालित प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा घोटाला गरेको आरोप लागेका प्रहरी सहायक निरीक्षक दिलिप कार्की दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कार्कीलाई दोषी ठहर गरेको हो ।

नक्सालस्थित पेट्रोल पम्पमा कार्यरत रहँदा कार्कीले आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा एक करोड ८ लाख ९९ हजार एक सय ८४ रुपैयाँ घोटाला गरेको पुष्टि । उनी माथि सजाय तोकिन बाँकी रहेको छ ।

footer