kumari
stcnepal

तत्कालीन पर्सा मालपोत कार्यालयका अधिकृत सहित ६ जना विरुद्ध अख्तियार द्धारा मुद्धा दायर

आर्थिक वर्ष २०७१/०७२ मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेसन फाँट ‘ग’का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको उजुरी परेपछि उनीहरु विरुद्ध मुद्धा दायर गरेको हो । अख्तियारले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरूद्ध मुद्दा दायर गरेको छ ।

अख्तियार सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार अधिकृत हरिनारायणले दुई करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजश्व दाखिला नगरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । यस्तै भुपबहादुरले एक करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ, गोपालबहादुरले ३५ लाख ४५ हजार ९५० रुपैयाँ, पदमप्रसादले १६ लाख ८१ हजार ६०० रूपैयाँ, चन्द्रबहादुरले २ लाख ४४ हजार ४६२ रुपैयाँ, कमोदले एक करोड ४१ हजार ४७ हजार १७१ रुपैयाँ र नासु किरणप्रसादले ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । उनीहरुलाई बिगो जफत, त्यसको दोब्बर जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।

किरणप्रसाद र उनकी श्रीमतीको मृत्यु भइसकेकाले फौजदारी न्यायको मान्य सिद्धान्त बमोजिम उनका छोराहरुबाट उक्त रकम असुल गर्न अख्तियारले प्रतिवादी बनाएको छ । अख्तियारले उनका ४ जना छोरा राजकिशोर, गौतमप्रसाद, पशुपतिप्रसाद र मुरारीप्रसादलाई प्रतिवादी बनाएको हो ।

footer