kumari
stcnepal

नवलपुरमा भएको जीप दुर्घटनामा सातको निधन

पोखरा । नवलपुरमा भएको जीप दुर्घटनामा  निधन हुनेको संख्या सात पुगेको छ । गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

मृतक मध्ये पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जीप चालक बौंदीकाली गाउँपालिका ६ माझडाँडाका २९ वर्षका छनबहादुर आले, सोही वडाको लाहटेकी ५२ वर्षीया कुमारी राना, माझडाँडाकै ५५ वर्षीय टेकमान वानटक्की छन् ।

यस्तै, बुलिङटार ४ चुलिबोझकी १२ वर्षीया करिष्मा ठाडा, मध्येविन्दु २ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पनि पहिचान खुलेको छ । दुई जनाको पहिचान खुल्न बाँकी रहेको डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

footer