kumari
stcnepal

एमाले नेता टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे तथा तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई सहित नौ जना थुनामै रहने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व उपप्रधानमन्त्री समेत रहेका एमाले नेता टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे तथा तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई सहित नौ जना थुनामै रहने भएका छन् ।

जिल्ला अदालत विरुद्ध उच्च अदालतमा गएका उनीहरुको हकमा यस्तो आदेश आएको हो ।‘घटना विवरण कागज समेतका तत्काल प्राप्त प्रमाणहरुका आधारमा यी निवेदक प्रतिवादीहरु टेकनारायण पाण्डे, डा इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, शन्देश शर्मा, आङटावा शेर्पालाई मुद्दा पर्पक्षका निम्ति थुनामा राख्नेगरी भएको तहाँ अदालतको मिति २०८० असार १ को आदेश मिलको नै देखिँदा परिवर्तन गरिरहनु परेन । कानुन बमोजिम गर्नु’, उच्च अदालत पाटनको आदेशमा भनिएको छ ।
footer