kumari
stcnepal

पूर्व सभामुख महराका छोरा राहुललाई जाँचबुझ आयोगले बयानका लागि बोलायो

काठमाडौं । पूर्वसभामुख एवम् माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ ।

भेपमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेर पूर्पक्षका लागि कारागारमा रहेका राहुलाई बयानका लागि सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बोलाएको हो । आयोगले केन्द्रीय कारागार जगन्नाथदेवललाई पत्राचार गर्दै महरालाई बयानका लागि उपस्थित गराइदिन आग्रह गरेको हो।

उनलाई आजै सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराउने तयारी छ । महरा गत भदौ १३ गते पक्राउ परेका थिए ।

footer