kumari
stcnepal

काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा

काठमाडौँ । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर एक जनालाई पक्राउ गरेको छ ।

कारखाना सञ्चालकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले  बताए । प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको छ । सुनको परिमाण प्रहरीले सार्वजनिक गरेको छैन ।

footer