kumari
stcnepal

नागढुंगाबाट दुई किलो सुन बरामद

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

उनका अनुसार, यो सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै थियो । विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन ।

footer