kumari
stcnepal

काठमाडौं उपत्यकामा यस वर्षको अहिले सम्मकै कम तापक्रम मापन, उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ ।

आज बिहान पौने ६ बजेको रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस छ । वरिष्ठ मौसमविद शान्ति कँडेलले यो यस वर्षको अहिलेसम्म मापन भएको न्यूनतम तापक्रममध्येमा सबैभन्दा कम भएको बताइन् । यसअघि काठमाडौं न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियससम्म पुगेको थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र बागमतीमा बदली हुनेछ । यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना पनि छ । पूर्वी तराईका जिल्लाहरुमा आज बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । यो क्रमिक रुपमा हट्दै जाने र दिउँसो घाम लाग्नेछ । मौसमविद कँडेलका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । नयाँ प्रणाली आउने र देशभर प्रभाव पर्ने तत्काल सम्भावना छैन ।

footer