kumari
stcnepal

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री खाणको निवेदन माथिको सुनुवाइ सकियो, आदेशको तयारी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदन माथिको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा बिहीबार भएको सुनुवाइ सकिएको हाे ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो । पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो । सुनुवाइ सकिएसँगै आदेशको तयारी गरिएको छ ।

footer