kumari
stcnepal

चक्रवर्ती कलेजका अध्यक्ष भण्डारीलाई कलेजभित्रै आफ्नै छोरा निरजले हाने खुकुरी ,निरज सहित आक्रमणमा संलग्न पक्राउ

काठमाडौं । चक्रवर्ती कलेजका अध्यक्ष देवेन्द्र भण्डारी माथि सोमबार राती छोरा निरज सहितको समूहले हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ । देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनको टाउमा चोट छ।

प्रहरीका अनुसार छोरा निरजले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई प्रवेश गर्न नदिएपछि विवाद सुरु भएको थियो। राती ११ बजे समूहसहित कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका निरजसहितको समूहले आक्रमण गरेको थियो।

भण्डारी बाबु छोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ। आक्रमणमा पर्नुअघि देवेन्द्र प्रहरीकहाँ पुगेका थिए। प्रहरीले मङ्गलवार बिहान छलफलका लागि दुवै पक्षलाई बोलाउने बताएपछि फर्किएका देवेन्द्र त्यसपछि समूह लिएर कलेज पुगेको बुझिएको छ। प्रहरीले निरज सहित आक्रमणमा संलग्नलाई पक्राउ गरेको छ।

footer