kumari
stcnepal

तपस्वी रामबहादुर बम्जन विरुद्ध प्रहरीमा थप दुई वटा जाहेरी

काठमाडौँ । ‘तपस्वी’ रामबहादुर बम्जन विरुद्ध प्रहरीमा थप दुईवटा जाहेरी परेको छ । उनीविरुद्ध बारामा हत्या, अपहरण तथा बेपत्ता सम्बन्धी जाहेरी दर्ता भएको बाराका एसपी सुरेश काफ्लेले बताए । निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सुरेश कुमार आलेलाई बेपत्ता बनाएको आरोप छ । सिमरा उप महानगरपालिका–१५ वडहर्वा घर भएका ३४ वर्षीय आलेका परिवारले उनलाई अपहरणपछि बेपत्ता बनाएको भन्दै अनुसन्धान गर्न जाहेरी दिएका हुन् ।

सुरेश कुमार आले २०७२ जेठपछि सम्पर्कविहीन छन् । बम्जनले रिता बोटको हत्या गरेको आरोप छ । सर्लाहीको बागमती नगरपालिका–१२ घर भएकी रिताको बाराको आश्रममा हत्या गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका हुन् । २०७५ मा आले र बोटका परिवारले खोजतलास गरिपाऊँ भदै निवेदन दिएका थिए । पछिल्लो जाहेरीको आधारमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढेको एसपी काफ्लेले जानकारी दिए ।

बम्जन हाल बलात्का मुद्दा पुर्पक्षका लागी कारागार कार्यालय सर्लाहीमा थुनामा छन् । २६ पुसमा न्यायाधीश विष्णुप्रसाद रेग्मीले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् ।

footer