kumari
stcnepal

नक्कलि डाक्टर पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौंबाट एकजना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर घर भई काठमाडौंको बाँसबारीमा बस्ने ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई पक्राउ गरेको हो ।

उहाँले चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा समेत काम गर्ने भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आउनु भएको थियो । उहाँले झण्डै ७ सय जनाको उपचार गरिसकेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

भट्टाचार्यले ९ महिना देखि नक्साल स्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको उपचार गरिसकेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै उहाँले धौलागिरी हिमाल पोलिक्लिनिकमा पनि ३० जना बिरामीको चेकजाँच गरेको पाइएको छ ।

footer