kumari
stcnepal

मिटरब्याजी भनेर चिनिने सर्लाहीका श्यामकरण साहले सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ पाए

काठमाडौं । मिटरब्याजी भनेर चिनिने सर्लाहीका श्याम परदेशी (श्यामकरण साह)ले सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ पाएका छन् । विशेष अदालतले उनीमाथि लगाइएको सम्पत्ति शुद्धीकरणको अभियोग पुष्टि हुन नसक्ने ठहर सहित उनलाई सफाइ दिएको हो ।

उनीमाथि २० साउन २०७९ मा गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसहित पत्नी मञ्जु देवी, छोरी इला, ज्वाइँ रामबाबु प्रसादका नाममा मुद्दा चलाएको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीमाथिको आरोप स्थापित हुन नसक्ने ठहर गरेको हो ।

परदेशी माथि सर्लाहीमा मात्रै करिब ३ सय परिवारलाई ऋण दिएको आरोप थियो । फर्जी कागजात बनाउने, ऋण फिर्ता गर्दा समेत तमसुक नच्यात्ने र नक्कली तमसुक च्यातेर सक्कली लुकाउने अनि पछि मुद्दा हाल्ने गरेको कारण धेरै नै स्थानीयबासिन्दा र ऋणीहरु उनीबाट पीडित भएको आरोप छ । उनीमाथि एक करोड ५३ लाख रुपैयाँ विगो माग दाबी थियो ।

footer