kumari
stcnepal

काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलम लगायत विरुद्ध दायर मुद्दा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलम लगायत विरुद्ध दायर मुद्दा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ । ४ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिएको हो ।

रौतहट जिल्ला अदालतमा रहेको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरको मुद्दामा अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिएको थियो । आइतबार गोला तान्ने क्रममा फाँट नम्बर ५ को गोला न्यायाधीश आचार्यले तानेका थिए । फाँट नम्बर ५ मा रहेको आलमको मुद्दामा अब निरन्तर सुनुवाइ हुने अपेक्षा गरिएको छ । लामो अन्यौलका बिच रौतहट जिल्ला अदालतले आजबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलम विरुद्धको मुद्दामा पेसी तोकेको छ । माघ २८ गते आइतबारबाट निरन्तर सुनुवाइ हुने गरी रौतहट जिल्ला अदालतले आलम लगायतका ११ जना विरुद्ध दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

मुद्दा दर्ता भएको करिब ४ वर्ष अदालती प्रक्रियामै रोकिएको उक्त मुद्दामा गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि मङ्सिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन । सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले गत पुस २९ गते आइतबारका लागि उक्त मुद्दाको पेसी तोकेको थियो । तर उक्त दिन दिन न्यायाधीश अभावका कारण गोला नतानिएपछि स्थगितको सूचीमा राखिएको थियो । २०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुर’मा कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमसहित आलम निकटका ११ जनालाई प्रतिवादी बनाइएको थियो ।

footer