kumari
stcnepal

माओवादी नेता गगन पुरी गैह्रकानूनी सम्पति आर्जनमा दोषी ठहर

काठमाडौं। माओवादी नेता गगन पुरी गैह्र कानूनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन्।

सम्पत्ति शुद्धीकरण विभागले गगनसहित उनको परिवारका ६ सदस्य विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। देवकुमारी पुरी र मनमाया पुरीले सफाइ पाएका छन् भने कृष्णकुमार पुरी र संगिता पुरीको हकमा सम्पत्ति जफतको फैसला भएको छ।

गगन भन्ने रेवतराज पुरी र सीमा भन्ने केशावती पुरीको हकमा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ १४ पैसा गैह्र कानुनी सम्पत्ति आर्जन देखिएको छ।दुवैका हकमा सजाय निर्धारण हुन बाँकी छ। फागुन ६ गते सजाय निर्धारण हुने छ।

footer