kumari
stcnepal

एनसेलको शेयर खरिद बिक्री प्रकरण छानबीन प्रतिबेदन सार्वजनिक गर्न लेखा समितिको सरकारलाई निर्देशन

काठमाडौँ – सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न गठित छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न निर्देशन जारी गरेको छ। आइतबार बसेको समितिको बैठकले टंकमणि शर्माको संयोजकत्वमा गठित छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न भनेको हो।

डढे महिना अध्ययन गरेर शर्मा नेतृत्वको समितिले माघ १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो। तर सार्वजनिक नभएपछि आफूले तत्काल जनताले थाहा पाउने व्यवस्था गर्न भनेको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए। समितिले आफू समक्ष समेत प्रतिवदन उपलब्ध गराउन भनेको छ।

समितिले शेयर खरिद बिक्री स्वभाविक नभएको सिफारिस बुझाएको छ। समितिले एनसेलले सरकारलाई बुझाउनुपर्ने कर गैरकर गरी ८५ अर्ब रुपैयाँ बराबरको छलि गरेको दाबी गरेको छ। मलेसियन कम्पनी आजियाटाले एनसेलमा भएको आफ्नो ८० प्रतिशत शेयर नेपाली मुलका सतिष आचार्यले युकेमा स्थापना गरेको स्पेक्ट्रालाइट युकेलाई अस्वभाविक मूल्यमा बिक्री गरेको सार्वजनिक भएको छ।

footer