kumari
stcnepal

ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा सुनुवाइ सकियो

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिएको हो ।

विशेष अदालतमा भएको सुनुवाइको आज (मंगलबार) २१ औँ दिन हो । भोलि (बुधबार) फैसला सुनाउने तयारी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । यसअघि जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङ सहित १७ जनालाई धरौटीमा छाडेको थियो । गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी समेत माग गरेको थियो ।

footer