kumari
stcnepal

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला सुनाउने तयारी

काठमाडौँ । विशेष अदालतले बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला सुनाउने तयारी गरेको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिना सम्बन्धी मुद्दाको फैसला तयार भएकोले आज सुनाउने तयारी भएको हो । विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिना देखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो ।

footer