kumari
stcnepal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट दुई जना पाकिस्तानी एक करोड विदेशी मुद्रा सहित पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।

फ्लाई दुबई एयरलाइन्स मार्फत नेपाल आएका पाकिस्तानी वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का मोहम्मद अदनान लखानीलाई उक्त रकम सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

अन्तर्राष्ट्रिय उडान तर्फको आगमन गेटमा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट डेनमार्कको मुद्रा ५ लाख (नेपाली रु ९५ लाख ४३ हजार ३८४ रुपैयाँ)सहित पक्राउ गरिएको हो । उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशलामा राखिएको छ ।

footer