kumari
stcnepal

सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तिनवटा सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गर्यो

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तिनवटा सुरक्षा निकायका प्रमुखहरूसँग परामर्श गरेको छ । प्रहरी प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग आयोगका पदाधिकारीले ‘परामर्श’ गरेका हुन् ।

जाँचबुझ सुरु भएसँगै आयोगले ३० जनासँग परामर्श गरेको छ । मुद्दामा प्रतिवादी बनाएका ३३ जनासँग आयोगले पुनः बयान लिएको छ । भेप र ६० किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुझेका तर, प्रतिवादी नबनाएका मध्ये २१ जनालाई आयोगले बयान लिएको छ । संघ संस्थाका १८ जना प्रतिनिधिसँग छलफल र अभियोजन गर्ने अधिकारीहरू र अनुसन्धानमा संलग्न ७ जना अधिकृतहरूसँग आयोगले सोधपुछ गरेको छ ।

जाँचबुझ सम्बन्धी सूचना आवश्यकताअनुसार प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराइने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बताए । उनले भने– ‘सूचना सम्प्रेषणको आवश्यक देखिँदा आयोगले प्रेस विज्ञप्ति जारी गर्छ, अन्यथा हामी बोल्ने अवस्थामा छैनौँ ।’आयोग स्रोतका अनुसार बयान, परामर्श र सोधपुछ पुरा गरेर आयोगले प्रतिवेदन लेखन सुरु गरेको छ ।

footer