kumari
stcnepal

कान्तिपुर सेभिङ्गका अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउ

काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा सो सहकारीका अध्यक्ष हिमाल विक्रम मल्ललाई पक्राउ  गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारी बताए ।

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका संचाहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी बृत नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्दा दर्ता भएको थियो । अध्यक्ष मल्ल फागुन १ मा पक्राउ परेका हुन् । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको संचालक समितिका संचालहरु विरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएका छन् । एसपी अधिकारी भन्छन्,‘जाहेरवालाको संख्या बढ्न सक्छ ।’

footer