kumari
stcnepal

सीतापाइलामा एक छोरी, एक नातिनी र श्रीमतीको हत्या पछि आत्महत्या

काठमाडौँको सितापाइलामा एक व्यक्तिले श्रीमती र छोरीहरुको हत्यापछि आत्महत्या गरेका छन् ।

नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित डेरामा बस्दै आएका सोलुखुम्बुका ३७ वर्षीय राजु घिमिरेले श्रीमती ३९ वर्षकी ईश्वरी श्रेष्ठ र छोरीहरु ८ वर्षीया अनिषा र २ वर्षीया शिवानीको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् ।

आज बिहान टाउकोमा चोट लागी हत्या गरिएको अवस्थामा ईश्वरी र उनकी छोरीहरुको शव फेला परेको थियो । घटनास्थलभन्दा केही पर जंगलमा राजुको शव पनि झुण्डिएको अवस्थामा भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार राजुले श्रीमती र छोरीहरुको हत्या गरेपछि आत्महत्या गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

footer