kumari
stcnepal

कांग्रेस नेता गणेश लामा विरुद्ध प्रहरीमा किटानी जाहेरी

काठमाडौं । ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै कांग्रेस नेता गणेश लामा विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको आएको निवेदन माथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले  बताए । सत्तारुढ नेपाली कांग्रेसमा केन्द्रीय सदस्य रहेका लामा गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् ।

लामा सहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटी स्थित आदर्श टोलबाट अपहरण गरेको पीडितको जाहेरीमा उल्लेख छ । अपहरण गरेर लन्डन हाउस होटलमा लगेर बन्धक बनाएको जाहेरीमा भनिएको छ ।

footer