काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल गर्न केहीबेर अघि बैठक सुरु भएको माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।इलाम–२ को उपनिर्वाचनमा सत्ता साझेदार दल नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ ।
यहीबिचमा माओवादी केन्द्रले पनि पदाधिकारी बैठकमार्फत आफ्नै उम्मेदवार टुङ्ग्याउने तयारी गरेको आकलन गरिएको छ ।