kumari
stcnepal

हङकङलाई १४० रनको लक्ष्य

काठमाडौं । अलराउन्डर दीपेन्द्र सिंह ऐरीले राम्रो अन्त्य गरेपछि नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको प्रतिस्पर्धामा हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो । नेपालका दीपेन्द्रले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रले अजिज खानलाई दुई चौका र दुई छक्कासहित कुल २० रन प्रहार गर्दै जितको आशा बचाएका थिए । सन्दीप जोराले २३ बलमा १ चौकासहित सर्वाधिक २२ रन बनाए ।

footer