kumari
stcnepal

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा विभिन्न प्रतिवेदन माथिको छलफलपछि निष्कर्ष सुनाइयो

काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा विभिन्न प्रतिवेदन माथिको छलफलपछि निष्कर्ष सुनाइएकाे छ ।

शनिबार उद्घाटन भएको परिषद् बैठकमा आइतबार ६ समूहमा विभाजित प्रतिनिधिहरूले प्रतिवेदनहरूमाथि छलफल गरेर निष्कर्ष सुनाएका हुन् । छलफलपछि समूह एकको मोहनमाया ढकाल, समूह २ को कृष्णप्रसाद जैसी, समूह ३ को ठाकुर गैरे, समूह ४ को शान्ति पाख्रिन, समूह ५ को ऋषिकेश पोख्रेल र समूह ६ को श्याम बस्नेतले समूहकातर्फबाट निष्कर्ष सुनाएकाे केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । परिषद् बैठक आइतबार नै समापन गर्ने एमालेको तयारी छ ।

footer