kumari
stcnepal

मधुकुमार मरासिनीलाई अर्थसचिवमा सरुवा गर्ने निर्णय

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले मधुकुमार मरासिनीलाई अर्थसचिवमा सरुवा गर्ने निर्णय गरेको छ । यसअघि पेमगेट्वेसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएसँगै उनलाई अर्थ मन्त्रालयमा लगिएको हो ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सचिव मरासिनी सहित ८ जनालाई सफाइ दिएको थियो । उक्त प्रकरणमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई भने दोषी ठहर गरेको थियो । हाल अर्थसचिव अर्थसचिवमा कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने बैठकले निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

footer