kumari
stcnepal

नेपाल तेस्रो टी २० खेलमा वेस्टइन्डिज ‘ए’सँग ७६ रनले पराजित

काठमाडौं । नेपाल तेस्रो टी २० खेलमा वेस्टइन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ ।

योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले २-१ को अग्रता लिएको छ । जोनसनको शतकमा २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अलआउट भयो । लोकेश बमले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए ।

त्यस्तै करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए । विनोद भण्डारी १५ बलमा ४ चौकासहित १९, अनिल शाह १४, आरिफ शेख ३, कुशल मल्ल २०, गुलशन झा ६, विवेक यादव ३ र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए ।

वेस्टइन्डिजका लेग स्पिनर हायडन वाल्सले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । गुडाकेश मोतीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । ओबेद म्याककोय, म्याथ्यु फर्ड र फबिएन एलेनले १-१ विकेट लिए ।

footer